
एजेन्सी, चैत्र २९
सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादले दोस्रो जित हात पारेका छन । सोमबार राति भएको खेलमा हैदरावादले गुजरात टाइटान्सलाई ८ विकेटले हराएका छन । मुम्बईमा गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै १६८ रन बनायो ।
हैदरावादका लागि कप्तान केन विलियमसनले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४६ बल २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अभिषेक शर्माले ४२ रन र निकोलस पुरानले ३४ रन बनाएका थिए । बलिङतर्फ गुजरातका लागि हार्दिक पाड्या र राशिद खानले एक–एक विकेट लिए ।
पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १६२ रन बनाएका थिए । गुजरातका लागि
पाड्याले अर्धशतकीय पारी खेले । ४२ बल खेल्दै ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।
अभिनव मनोहरले ३५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरेका थिए । बलिङतर्फ हैदरावादका लागि भुवनेश्वर कुमार र नटराजनले दुई–दुई विकेट लिए । त्यस्तै मार्काे जेसन र उमर मलिकले एक–एक विकेट लिए ।
यो जितसँगै हैदरावादले २ खेलबाट ४ अंक जोडेको र हैदरावाद तालिकाको आठौं स्थानमा छ । भने गुजरात ४ खेलबाट ६ अंक जोडेरे पाँचौं स्थानमा छन ।