लमजुङ, चैत्र २९

स्थानीय तहको निर्वाचनको लागि लमजुङ बाट म्यादी प्रहरी १ हजार ७४ जना छनोट भएका छन् । म्यादी प्रहरीका लागि आवेदन दिएकाहरु मध्ये लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना म्यादी प्रहरी छनोट भएका हुन् । जिल्लामा म्यादी प्रहरीकाहरु लागि निर्धारित समयसीमा भित्रमा २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिलाहरु रहेका छन् ।

म्यादी प्रहरी हरु को लागि लमजुङको जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन दिएको थियो । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ९ सय ८७ जनाको संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए छन ।

हिमाली जिल्लामा मनाङबाट भने आवश्यता भन्दा पनि कम संख्यामा आवेदन परेपछि लमजुङबाटै केही संख्यामा छनोट गरिएको हो । म्यादी प्रहरीको भर्ना चरणअन्तर्गतका लागि गत आइतबार शारीरिक परीक्षण गरि सकिएको छ ।

त्यसपछि निम्न लिखित परीक्षामा उत्तीर्ण भएकाको नाम सार्वजनिक गरिएकोे हो । म्यादी प्रहरीका लागि १८ वर्ष देखि ५२ वर्ष सम्मका व्यक्तिहरुले आवेदन दिएका थिए ।

आवेदन दिएकाहरुमध्ये शारीरिक तन्दुरुस्तीका सँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णहरु लाई प्राथमिकतामा राखेर मात्र छनाट गरिएको प्रहरीले जनाइएको छ ।

नेपाल सरकारले निर्वाचन लक्षित ४० दिनका लागि मात्र म्यादी प्रहरीहरुको भर्ना गरिएको बताएका छन ।