भक्तपुर, चैत २९

भक्तपुरको नलिञ्चोकमा स्थित मा भएको एक मोटरसाइकल को दुर्घटनामा परि चार महिने शिशुको मृत्यु भएको हो ।

उक्त्त साँगाबाट जगातीको तर्फ आउदै गरेको बाग्मती को प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक को पाँचखाल नगरपालिका वडा नं. १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएका छन ।

घाइते भएका शिशुलाई सिद्धि स्मृति अस्पताल मा प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेको बेला उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा परि तीनै जना घाइते भएका थिए । भने बुद्ध र सुस्मिता उपचार पछि निको भई डिस्चार्ज भइसकेको छन् ।