एजेन्सी, चैत्र २९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई सुपर किङ्स ले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्ने छन ।

मुम्बईको वान खेडे स्टेडियम हुने चेन्नई र बैंगलोरबीचको खेल नेपालीका समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा छ ।

यो सिजन लगातार चार खेलमा पराजित भएको चेन्नईको सेमिफाइनल सम्भावना कमजोर भएको छ ।

आजको खेलमा पराजित भए पछि चेन्नईको सेमिफाइनलमा पुग्ने सम्भावना अझै कमजोर बन्नेछ ।

यता बैंगलोर आज खेलमा चौंथो जित निकालने योजनामा छ ।।