एजेन्सी, चैत्र २९

श्रीलंकामा लोडसेडिङ , जीवन बचाउने औषधि अभावमा खाधन्नको अभाव , अत्यधिक महगिका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ

लोडसेडिका कारण श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउनमा धेरै समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको बताएका छन । स्थिति यति भयावह भई सकेको छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू पनि स्थगित गरेका छन् ।

औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन’,भने सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा। सेनल फर्नान्डोले भने, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छ भने भनाइ रहेका छन ।’

औषधिको अभावकै कारणले बिरामीहरुको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने समभावना रहेको उनले बताएका छन् । सरकारले संकटप्रति अत्यन्त गम्भीर हुन र पारदर्शी बन्न असफल भएको जनाएका छन ।