मधेस प्रदेश, चैत्र २९

मधेस प्रदेश सरकारको सिफारिसमा भएको  प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य भएको छ । मंगलबार भएको  मधेस प्रदेश सरकारको सिफारिसमा मधेस  प्रदेशका  प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशनको  अन्त्य गरेका हुन् ।

प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त भएका पत्र सदनमा पढेका थिए ।

मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरिका थिए ।

मधेस प्रदेशको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । यस चार महिनामा २० वटा बैठक भएको थियो । सो बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ । र चारवटा विधेयक प्रदेशसभाबाट पारित भएको छ । भने एउटा विधेयक प्रमाणीकरण भयो ।

आठौँ अधिवेशनमा मंगलवारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवल जानकारी दिएका थिए ।