रौतहट, चैत्र ३०

रौतहटको श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय,बाट एक प्रधानाध्यापक ३ लाख घूससहित पक्राउ परेका छन् । जोकहाका प्रधानाध्यापक राकेश ठाकुर पक्राउ परेका हुन् ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी दिएका निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हुन ।

भने अख्तियार दुरुपयोग अनुसन्धानका टोलीले यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि नियन्त्रणमा लिई । थप अनुसन्धान भइरहेका जानकारी श्याम प्रसाद भण्डारी जनाएका छन ।,