एजेन्सी, चैत्र ३०

रुस र युक्रेनको युद्धमा अहिलेसम्म २० पत्रकारको मृत्यु भएको छ । २०२२ फेब्रुवरी २४ देखि सुरु भएको रुस हमलामा अहिलेसम्म २० पत्रकार मृत्यु भइसकेको युक्रेनको राष्ट्रिय पत्रकार संघले उल्लेख गरेका छन ।

मृत्यु भएका पत्रकारहरु को सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेका छन ।
सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको जमाएका छ । मृत्यु हुनेहरु मध्ये केही विदेशी सञ्चारकर्मी पनि रहेका छन् ।

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र र गैरसरकारी संस्था तथा इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामाने युक्रेनमा पत्रकारहरु र सञ्चारका माध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध घटनाहरु गरेको थिए ।

रुसका सेनाहरुले कम्तीमा १० ओटा टिभीका टावरहरूलाई निशाना बनाएका जनाएका छन् । युक्रेनका टिभी टावरमा क्षति हुँदा आठ क्षेत्रहरूका टिभी र रेडियो प्रचार प्रसारणमा पूर्ण अस्थायी रूपमा अवरोध आएको जनाएको छ ।

युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।