एजेन्सी, चैत्र ३०
नाइजेरियालीको मध्य प्रान्त बन्यूमा हतियारधारीहरुका आक्रमणमा परी कम्तीमा पनि २३ जनाको मानिस ज्यान गएको छन ।
उक्त प्रान्तमा तारका नामक ठाउँ भएको नगरमा हतियारधारीहरुले सो हमला गरेका हुन । उक्त हमलामा परेर ती नागरिकहरुको ज्यान गएको अधिकारीहरुले बताएका हुन ।
अज्ञात समुहका हतियारधारीहरुले यस नगरका दुई फरक फरक ठाउँका नागरिकहरु माथि हमला गरेका हुन ।
बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताएका छन् । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय र गाउँलेहरुले ज्यान गुमाएका छन ।
यहि सोमबार राति भएको आक्रमणको अनुसन्धानका काय्र्र जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त राज्यमा विगतका लामो समयदेखि विभिन्न जातिका मानिसहरुको बीचमा हत्याको शृंखला नै चल्ने गरेको छन । एक अर्कोले जातिका नाममा सांघातिक हमला गर्ने र मानिसहरुको ज्यान लिने गरेका खबर सो प्रान्तमा प्रायः आउने ने गरेका छन ।