
मधेस प्रदेश, चैत्र ३०
जनकपुरमा गठबन्धनबारेको अन्यौलताले सत्तारूढका दलहरूमा उम्मेदवार घोषणामा ढिलाइ भइरहेका छन । भने आन्तरिक तयारी भने सबै दलहरुले तीव्ररुपमा गरिरहेका छन्।
सत्तारूढका सँगै प्रतिपक्षीका दलहरूले समेत उम्मेदवारको चयनका लागि वडा तहबाट नै सिफारिस गर्ने क्रमहरु बढाएका छन ।
केही स्थानका बाहेक दलहरूले अधिकांश पालिकामा उम्मेदवारहरुको अन्तिम टुंगो लगाउन बाँकी नै रहेको छ।
प्रदेशका १ सय ३६ स्थानीय तहहरुका मध्ये राजधानीको केन्द्र भएको जनकपुरधाम उपमहानगरपालिकाको आगामी नेतृत्वबारे सबभन्दा धेरै चासो परेका छन ।
हाल सम्ममा नेकपा एमालेबाट शिवशंकर साह ‘हिरा’ र स्वतन्त्र निर्माण व्यवसायीका रूपमा बलराम महतोको उम्मेदवारी निश्चितजस्तै भएको छ।
महतोले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका हुन । भने हिरा एमाले पनि जनकपुरधाम उपमहानगरपालिका कमिटीबाट सिफारिस भएका उनी एकल नेता भएका हुन्।
त्यसैगरी, लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) ले मेयरका पदका लागि पाँच जनाको नाम सिफारिस गरेका हुन ।
एवं जिल्लाका अध्यक्ष प्रदेश सांसद समेतमा रहेका साह, मनोजकुमार चौधरी, सञ्जय चौधरी, जानकीराम साह र अमर पंजियारको नाम नगर कमिटीले जिल्ला कमिटी लाई सिफारिस गरेका हुन । तीमध्ये महन्थ ठाकुरका निकट परमेश्वर साहलाई उम्मेदवार बनाउन केन्द्रीय नेतृत्व मनस्थिति बनाएको लोसपाका एक नेताले जनाएका छन ।
राष्टिय जनता समाजवादी पार्टी एवं (जसपा) गठबन्धनको पर्खाइमा बसेका छन । जनकपुरधाममा मेयरका पदका लागि जसपाबाट तीन जनाले दाबी गरेका हुन ्।
वर्तमानका मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र बजरंग यादवले ई दाबी प्रस्तुत गरेका हुन्।
विष्णुदेव भने यसअघि तत्कालीन समाजवादी पार्टीबाट मेयरका चुनाव लडेका थिए । भने बजरंग यादवले अनुहार फेरेर नयाँ उम्मेदवार दिनुपर्ने भन्दै आफ्नो दाबेदारी गरेका छन्। तर मेयर साहले धेरै काम गर्न अहिले पनि बाँकी नै रहेकोले दोहो¥याउनुपर्ने भन्दै आएका हुन ्।
त्यसैगरी, कांग्रेसबाट अघिल्लो चुनावमा पराजित भएका नगरका सभापति मनोज साह, पूर्वउपमेयर किशोरी साह र नगर उपसभापति राकेश विक्रम साह आकांक्षी छन्। तीनै नेताले टिकटका लागि नेतृत्वसँगै नगरभित्र समेत धौडधुप बढाएका छन्।
मनोज साहले गत निर्वाचनमा म निकटतम प्रतिस्पर्धी रहेको कारण यस पटक आफूले नै पाउनुपर्ने दाबी गरेका ्हुन ्।
त्यस्तै, राकेश विक्रम साहले विकास निर्माणका नेतृत्वको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्। त्यसैगरी किशोरीले भने आफू २०५४ सालको निर्वाचनमा उपमेयरमा नेपालमै सबभन्दा धेरै मत ल्याएर विजयी भएको स्मरण गराउँदै यसपालि मेयरको टिकट पाउनुपर्ने दाबी गरेका छन ्।
जनमतका हिसाबले जनकपुरधाममा कांग्रेस, जसपा र लोसपा बलियो छन । अघिल्लो मतपरिणामलाई आधार मान्ने हो भने नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी पाटी कमजोर भएका छन ।
जनतामा पकडका सँगै जनकपुरमा सबै दलहरुले जातीय समीकरण मिलाएर नै टिकट बाँड्नुपर्ने चुनौती समेत गरेका छन । यहाँ साहुजी मतदाताहरुको संख्या सबैभन्दा धेरै रहेका छन । त्यसपछि ब्राह्मण, मुस्लिम, यादव मतदाताहरु रहेका छन्।