काठमाण्डौ, चैत्र ३०
ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारीको दुर्घटनामा परि ३ जना प्रहरीको मृत्यु भएका छन । आज बिहान करिब साढे ८ बजे तिर भएका हुन । सोलुखुम्बुबाट विराटनगर तर्फ आउँदै गरेका गाडी न. बा.१७ च १०९४ का बोलेराकोे दुर्घटना भएका थियो ।
प्रहरीहरुका अनुसार बोलेरो करिब १५० मिटर तल खसेका थिए । बोलेरोमा सवार प्रहरीका हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएका थिए । प्रहरीको जवान रूपक विष्टको भने उपचार गरिरहेको क्रममा नै नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको थिए ।
भने बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर तर्फ आइरहेका थियो ।
दुर्घटनामा परी प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ का लागि लगिएको थिए । घाइते भएका प्रहरीका नायब निरीक्षक धनराज खतिवडालाई भने स्थानीय मेडिकलमा उपचारका पश्चात् डिस्चार्ज गरिएका थिए ।
भने बोलेरोका चालक पनि घाइते भएर काठमाडौँमा उपचारका लागि लगिएको छ । कुन कारणले दुर्घटना भएको र कति क्षति भएको भन्न ेबारेमा विस्तृत जानकारी आउन बाँकी नै रहेको छ । भने घटनाको बारेमा अनुसन्धान नै भइरहेको ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले ज्यु ले बताएका थिए ।