एजेन्सी, बैशाख १

बुधबार राति भएको इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हारका सामना गरेका छन ।

उक्त्त खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको छन । महाराष्ट्रमा भएको खेलमा पन्जाबले पहिले ब्याटिङ्ग गरेर दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनाउन सकेका थिए ।

 

मुम्बईका लागि भने डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए ।

त्यस्तै कगिसो रवाडाले दुई विकेट लिए । र भिवाव अरोराले एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबको तर्फ बाट शिखर धवन र मयकं अग्रवालको अर्ध शतकको पारी खेलेर निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन लक्ष्य बनाएको थियो ।

 

यो जितका सँगै पन्जाबले अहिले सम्म भएको ५ खेलबाट ६ अंक जोडेको छन । पन्जाब अंक तालिकाको तेस्रो स्थानमा छन । पराजित भएका मुम्बई ५ खेलबाट अंक जोड्न नसकेर तालिकाको पुछारमा पुगेका छन ।