एजेन्सी, बैशाख १

भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोड गरने आरोप सहभागी भएकाहरु ८ जनालाई हाई कोर्टले जमानत दिई छुटेका छन ।

 

न्यायाधीश आशा मेननको इजलासमा मंगलवार यस्तो आदेश दिएको थियो । उनीहरुले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुख्यमन्त्री अरविन्द केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्ति पछि भारतीय जनता युवा मोर्चाको कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन र तोडफोड गरेका थिए । यसै क्रममा कयौं कार्यकर्ताहरु पक्राउ परेको छ ।