काठमाण्डौं, बैशाख १
नया बर्ष बैशाख १ गते देखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन सहित ट्याक्सीहरुका पनि भाडा बढेको छन । बागमती प्रदेशका सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू गरिएको छ ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बैशाख १ गतेदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरीसकेका थिए ।
समायोजनपछि सार्वजनिक सवारी साधनको भाडा पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको हो ।
नयाँ भाडादरका अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने भनाएको छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बढाएका छन । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छन । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने रहेको छ ।
पटक –पटक भाडामा समायोजन हुँदा मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भएर नै सवारी साधनको भाडा समायोजन गर्ने गरिएको छ ।