मधेश प्रदेश, बैशाख १

सीके राउतको नेतृत्वमा जनमत पार्टीे स्थानीय तहको चुनावमा भाग लिने भएको छन । र सोही अनुरुपका अनुसार जनमत पार्टीले चुनाव प्रचार प्रसारमा पनि अन्य पार्टीका दललाई पछि पारेको देखिएका छन ।
अन्य दलहरुले चुनावको तयारी नगर्दै जनमत पार्टीका कार्यकर्ताहरु चुनावी अभियानको अन्तर्गत गाउँमा सक्रिय भइरहेका छन ।

स्थानीय तह कब्जा गर्ने रणनीति सहितका साथ चुनावी अभियानमा सक्रियतापूर्वक लागी रहेका सीके राउतलाई आफ्नो गाउँपालिका महादेवामै कठिनाइ हुने देखिएका छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको घर सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर २ मा रहेका छ । तर उनकै गाउँमा उनको पार्टीको अवस्था नाजुक रहेको देखिएका छ ।

२०७४ सालको निर्वाचनका परिणाम हेर्ने हो भने महादेवा गाउँपालिकामा तत्कालीन संघीय समाजवादी पार्टी अर्थात् अहिलेको जनता समाजवादी पार्टी नेपाल र तत्कालीन राजपा अर्थात् अहिलेको लोकतान्त्रिक समाजवादी पार्टीबीच नै मुख्य प्रतिस्पर्धा भएका थिए । महादेवा गाउँपालिकामा १३ हजार ७३५ मतदाता रहेकोमा जसपाका दीपक यादवले अध्यक्षका पदमा तीन हजार ९१ मत ल्याएर विजयी भएका थिए । भने लोसपाका सुनिल मण्डलले दुईहजार ९६७ मत ल्याएको थियो ।

सो पालिकामा काँग्रेस तेस्रो स्थानमा र माओवादी केन्द्र चौथो स्थानमा रहेको थियो । महादेवाको ६ वटा वडामध्ये विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीले एउटा वडा जितेको थियो भने काँग्रेसले पनि एउटा मात्र वडा जितेको थियो । जसपा र लोसपाले दुई–दुईवटा वडा जितेका थिए । माओवादी केन्द्र र एमालेले भने कुनै वडा जित्न सकेका थिएनन् ।

विजयकुमार गच्छदारको पार्टीबाट एक नम्बर वडामा जितेका जयश्वर किशोर दास लोसपामा प्रवेश गरिसकेका छन् ।

महादेवा गाउँपालिकामा जसपा विभाजनको असर देखिएको छैन । जसपाबाट पूर्व राजपाका नेताहरु नै लोसपामा सामेल भएका हुन् । सो पालिकामा पनि पूर्व राजपाका नेता–कार्यकर्ता नै लोसपामा फर्केको महादेवा गाउँपालिकाका लोसपा अध्यक्ष सुनिल मण्डलले बताए । उनले भने, ‘जसपा विभाजनले दुवै पार्टीलाई कुनै फरक पारेको छैन ।’

सत्तारुढ गठबन्धनबीच यो पालिकामा पनि चुनावी तालमेल हुने चर्चा छ । पालिकामा जसपा नेपाल र नेपाली काँग्रेसको प्रभाव उल्लेखनीय रहेका कारण यी दुवै दलसहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको मत एउटै ठाउँमा आएको अवस्थामा गठबन्धनका उम्मेदवार अन्य दलका सामु भारी हुने अनुमान गरिएको छ ।

सीके राउतको गाउँ भए पनि यहाँ जनमत पार्टीको कुनै प्रभाव नरहेको लोसपाका जिल्ला अध्यक्ष मण्डल बताउँछन् । उनले भने, सीके राउतको गाउँ भएर के भो त ? वडामा पनि जित्ने अवस्था छैन । काँग्रेस, माओवादी र एमाले त्यत्रो ठूलो पार्टी भएर त उनीहरुको हालत खराब छ भने जनमत पार्टी उनीहरुभन्दा धेरै पछाडि छ ।’

सो गाउँपालिकाका जसपा अध्यक्ष जितनारायण यादव भने आफ्नो पार्टीको जनाधार बढेको दाबी गर्दछन् । आफ्नो पार्टीबाट पालिका अध्यक्षमै ९ जना आकांक्षी रहेको र ९ जनाकै नाम सिफारिस गरिएको जानकारी दिँदै उनले भने, ‘जनाधार बढेकै कारण त उम्मेदवारीका लागि आकांक्षीको संख्या पनि बढेको हो ।’

पालिकामा जनमत पार्टीको अवस्था निकै कमजोर रहेको उनले बताए ।

यो पालिकामा काँग्रेसको आफ्नै दाबी छ । गठबन्धन घटकबीच तालमेल भएको अवस्थामा पालिका अध्यक्ष पद जसपा नेपाललाई दिनुपर्ने अवस्था भएसँगै काँग्रेसका स्थानीय नेता–कार्यकर्ता भने काँग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने बताउँछन् । काँग्रेसका महादेवा गाउँपालिका सभापति लोकेन्द्र नायकले यो पालिकामा गठबन्धन भएमा काँग्रेसले विद्रोह गरेर एक्लै चुनाव लड्ने दाबी गरे ।

जसपाबाट मेयरमा निर्वाचित जितेका दीपक यादव काँग्रेसमा प्रवेश गर्न लागेका छन् । शुक्रबारसम्म उनी काँग्रेसमा प्रवेश गरिसक्ने बताउँदै सभापति नायकले जसपाका अरु थुप्रै नेता काँग्रेसमा प्रवेश गर्न लागेका कारण यसपटक जसपा तेस्रो स्थानमा सीमित हुने दाबी गरे ।

उनी पनि यो पालिका सीके राउतको गाउँ भए पनि राउत नेतृत्वको जनमत पार्टीको अवस्था नाजुक रहेको बताउँछन् । उनका अनुसार सीके राउत नेतृत्वको पार्टीले राउतकै घर भएको वडा नम्बर २ को अध्यक्षमा जित्यो भने त्यो नै ठुलो उपलब्धि हुन्छ ।

उनी पनि यो पालिकामा जनमत पार्टीको प्रभाव नरहेको बताउँछन् । सीके राउतकै घर भएका कारण वडा नम्बर २ मा केही प्रभाव देखिए पनि अन्यत्र खासै प्रभाव नदेखिएको उनले बताए ।

तर जनमत पार्टीका गाउँपालिका उपाध्यक्ष मिन्टर मुखियाले जसपा, लोसपा, काँग्रेस, माओवादी, एमालेलाई यहाँका जनताले पटक पटक भोगिसकेका कारण यसपटक जनमत पार्टीलाई जिताउने दाबी गर्दछन् । उनले भने, ‘हामी प्रत्येक जनताको घरमा पुगेका छौं, उहाँहरु यसपटक जनमत पार्टीको साथ रहने प्रतिवद्धता जनाइरहनु भएको छ ।’

जनमत पार्टीका अध्यक्ष सीके राउतको घर महादेवा–२ मा भए पनि उनी प्रायः जनकपुरमै बस्ने गरेका छन । उनका आमाबुबा भने राजविराजमा बस्छन् । सीके राउतका एक भाइ झापामा बस्छन । भने अर्को भाइ काठमाडौँमा छन् । महादेवास्थित सीके राउतको घरमा भने ताला नै लागेको रहन्छ । भने सीके राउतले यो गाउँप्रति चासो नै नराखेका स्थानीयवासी हरुको भनाई रहेको छ ।