बारा, बैशाख १

जितपुरको सिमरा उपमहानगर पालिका १६ मा गोली लागेर गम्भीर रुपमा घाइते भएका २८ वर्षीय सागर सिंजाली को बिहीबार बिहान मृत्यु भएको छ ।

उनि राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेको र मगर शिकारीले चलाएको गोली लागी गम्भीर रुपमा घाइते भएका थिए ।

घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।

मृतक सागर सिंजालीको शव अस्पतालमै राखिएको र घटनाका बारेमा थप विवरण आउन अझ बाकीनै रहेको प्रहरीले जनाएको छन । वन जगंल क्षेत्रको नजिकैमा रहेका बस्तीहरुका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकहरु बाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीय बासीहरुको भनाई छन ।