एजेन्सी, बैशाख १

आन्ध्र प्रदेशको ईलुरु जिल्लामा अक्किरेड्डीगुडेममा एक रसायनिक कारखानामा आगलागीका हुदा ६ जना मानिसको मृत्यु भएको छन । भने १२ जना मानिसहरु घाइते भएका हुन । घाइतेहरु लाई अस्पतालमा भर्ना गरिएका छन ।

ईलुरुका प्रहरी अधिकारी देव शर्माले घाइतेहरुका उपचार विजयवाडाका एक सरकारी अस्पतालमा भइरहेका बताएका हुन ।

उनले बुधबार राती पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको बताएका थिए । नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि । आगालागी भएको र थुप्रै कामदारहरु त्यसमा फसेको थियो ।

पिटिआईको रिपोटका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइतेहरु मध्ये चारजनाको अवस्था निकै नै गम्भीर रहेको छ ।

यतिबेला मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले यो घटनामाथि दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवारलाई २५ लाख, गम्भीर रुपमा घाइतेलाई पाँच लाख र सामान्य रुपमा घाइतेलाई दुई लाख दिने घोषणा गरेका छन् ।