एजेन्सी, बैशाख १

रुस हमलाको आज ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्रमा नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी रहेको युक्रेनी सेनाले जनाएका छन । रुसका सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको जनाएका छन ।

युक्रेनको उत्तरपूर्वी स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेका छन । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेको छ् । खार्किकभ सहरमा अहिले पनि गोलाबारी जारी नै रहेको छ ।

युक्रेनका पूर्वी दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसका सेनाहरुले असफल आक्रमण गरेको थियो । यसैबीच मारिओपोलमा भने सयौँ युक्रेनी सेनाहरुले आत्मसमर्पण गरेको रुसका रक्षा मन्त्रालयले जनाएका छन ।