एजेन्सी, बैशाख १
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबारको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचमा प्रतिस्पर्धा हुनेछ ।
मुम्बईममा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । राजस्थान आज चौंथो जित निकाल्ने योजनामा हुनेछ ।
भने राजस्थान पहिले भएको ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा नै रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहने छन ।
यता गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेका छन । गुजरातले पहिले भएको ४ खेलमा ६ अंक जोडेका छन ।
भने पाँचौं स्थानमा रहेको गुजरात आजको खेलमा जित निकालेर शीर्ष स्थानमा उक्लन चाहने छन ।