
जनकपरधाम, बैशाख १
जनकपुरमा स्थानीय तहको निर्वाचन नजिकिए सगै जनप्रतिनिधिको रुपमा आफूलाई अघि सार्दै आफ्नो नाम घोषणा गर्न थालेका हुन ।
राजनीतिक तथा प्रशासनिक मुख्य केन्द्रविन्दु मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि औपचारिकरुपमा जनकपुरधाम वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
बिहीबार निर्वाचन केन्द्रित जनकपुरधामको विभिन्न पाँच ठाउँमा सम्पर्क कार्यालय स्थापना गर्दै उद्घाटन समेत गरेका छन् । सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका आकांक्षी साहले जनकपुरधामको समग्र विकासका लागि उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् । उनले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै भने,‘जनकपुरधामको समग्र विकासका लागि सबैभन्दा पहिला पवित्र मन, दृढ संकल्प, अर्जुनदृष्टि र व्यवहारिक रुपमै कार्यान्वयन गर्न दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।’
उनले जनकपुरधामवासीको साथ, समर्थन र सहयोग भएमा आफूले आगामी पाँच वर्षमा जनकपुरधामको विकास र समृद्ध जनकपुरधामका लागि आमूल परिवर्तन ल्याउने अठोट रहेको योजना समेत सुनाए । उनले भने, ‘म हावदारी कुरा भन्दा पनि जनकपुरधामलाई पाँच वर्षमा विकास र समृद्धिसहित स्वर्ग बनाउँछु ।’ उनले अघि थप्दैँ भने, ‘तर जनकपुरधामलाई स्मार्ट सिटीको सपना पूरा गर्नका लागि आफ्नो सम्पूर्ण इफोर्ट लगाउनेछु ।’
उनले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यकता रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग अपिल समेत गरे । जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसके पनि यहाँको विकास र सकारात्मक परिवर्तनका लागि गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको उनले आरोप लगाए । नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि पाँच जना मध्ये उनको नाम पनि सिफारिस गरेको छन । लोसपा नेपालले निर्णय लिन नसक्दै उनले भने मेयरका पदका लागि उम्मेदवारी घोषणा गरेका छन । यसअघि निर्माण व्यवसायी बलराम महतोले स्वतन्त्र उम्मेदवारको घोषणा गरेका छन् । भने नेकपा एमालेबाट शिवशंकर साह हिराको नाम सिफारिस भएको छन ।