
एजेन्सी, बैशाख १
अष्ट्रेलियाको सरकारले रुसलाई ,युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्नका लागि आह्वान गर्दै रुसका १४ राज्य(स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक रुपमा प्रतिबन्ध लगाएका छन ।
एक आधिकारिक विज्ञप्ति अनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन जस्ता रक्षा सम्बन्धितका कम्पनीहरू समावेश गरेका छन्।
प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रूसी इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको लगभग ८० प्रतिशत उत्पादन ओगट्छ । तिनीहरू रूसी रेलवेसँग पनि सम्बन्धित छन् जुन विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीहरू मध्ये एक हो।
अष्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी जारी गरिएको प्रतिबन्धात्मक कदमले रुसका अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छन । युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहो¥याउँदै,। अष्ट्रेलियाको सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतहरूसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका हुन ।
यहि फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष रुपले सैन्य अपरेशन शुरु गरेका हुन । जसलाई पश्चिका देशहरूले भने अप्रत्याशित युद्धको संज्ञा दिईएकाका बताएका छन ्।