
जनकपुर, वैशाख १
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले परिचालनका लागि कार्य विभाजन गरेका छन् ।
महोत्तरीको बर्दिबासमा भएको एमालेको मधेश प्रदेशस्तरीय बैठकबाट विभिन्न जिल्ला हेर्ने गरि कार्य विभाजन गरेका हुन् ।
बारा जिल्लामा एमाले मधेश प्रदेशका तीन जना सह ईन्चार्जलाई बारा जिल्लाको जिम्मेवारी दिइएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले सबै भन्दा बढी बारा जिल्लामा प्रदेशका सहईन्चार्जहरुलाई विशेष जिम्मेवारी दिइएको छ ।
एमाले मधेश प्रदेश इन्चार्ज समेत रहेका केन्द्रिय सचिव रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ भने प्रदेश सह इन्चार्जहरु प्रभु साहलाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठलाई सिरहा, सुमनराज प्याकुरेललाई सप्तरी, पुरुषोत्तम पौडेल, अच्युतम मैनाली र ज्वाला कुमारी साहलाई बारा जिल्लाको जिम्मेवारी दिइएको भने प्रदेश अध्यक्ष राम औतार यादवलाई पर्सा जिल्लाको जिम्मेवारी बाँडफाँड गरि कार्य विभाजन गरेको प्रदेश अध्यक्ष यादवले जारी गरेका एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै मधेश प्रदेश वैठकबाट प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुलाई आ–आफ्नो पालिकामा खट्ने गरि जिम्मेवारी तोकिएको छ ।
त्यस्तै यस वैठकबाट निर्वाचन परिचालन कमिटी मधेश प्रदेश स्थानिय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।
त्यस्तै विशेष कमिटीको संयोजकमा भने रघुवीर महासेठ, सहसंयोजकमा प्रभु साह र सदस्य सचिवमा रामऔतार यादवलाई चयन गरिएको छ ।
त्यसैगरी प्रदेश निर्वाचन परिचालन कमिटीको संयोजकमा महासेठ, सहसंयोजकमा प्रभु साह र सदस्य सचिवमा रामऔतार यादव तथा सदस्यहरुमा प्रदेश सह ईन्चार्जहरु, पोलिटब्यरो सदस्यहरु, केन्द्रिय कमिटी सदस्यहरु प्रदेशका संघिय सांसदहरु, पुर्व मन्त्रीहरु, संविधान सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, पूर्व सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला समन्वय समितिका संयोजकहरु, पूर्व जि.वि.स सभापति तथा उपसभापतिहरु, पालिकाको मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरुसमेत गरि ५०१ सदस्यीय कमिटी गठन गरेको उल्लेख गरिएको छ ।
त्यस्तै जिल्ला निर्वाचन परिचालन विशेष कमिटी समेत गठन गरिएको छ । मधेश प्रदेश अध्यक्ष यादवले जनाए अनुसार प्रदेशबाट तोकिएको नेतालाई संयोजकको जिम्मेवारी दिइने छ भने, सदस्यहरुमा पोलिटव्यूरो सदस्य, जिल्ला ईन्चार्ज, प्रदेश पदाधिकारीहरु र सदस्य सचिवमा जिल्ला कमिटीका अध्यक्ष रहने व्यवस्था गरिएको छ ।
त्यस्तै प्रदेश कमिटीबाट स्थानिय निर्वाचन परिचालन सम्बन्धी कार्ययोजना पत्र जारी गरि हरेक जिल्ला कमिटीले योजना बनाई कार्यन्वयन गर्न विशेष निर्देशन गरेको छ ।