काठमाण्डौँ, बैशाख २

वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागिँ सत्तारुढ धारी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दलहरुले नेकपा एमालेसम्म तालमेलको कसरत गर्ने प्रक्रियामा जुटेका हुन् ।

पाँच दलीयका सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनमा केन्द्रको महानगरदेखि गाउँपालिकासम्म नै तालमेलको पक्षमा उभिने निर्णय गरिसकेको छन । यसैगरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि तालमेलका लागि साना दलसँग सहकार्य गर्दै अघि बढेको छन ।

एमालेले बुधबार कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति बारेमा कुरा गरेको छन । सहमतिअनुसार राप्रपाका उम्मेदवार आउँदो स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लाई लिएर चुनावको मैदानमा उत्रिने भएका छन् ।

यसैगरी, एमाले र परिवार दलहरु बीच पनि चुनावी सहमतिको तालमेल भइसकेको दाबी गरेका छन । सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच भएका चुनावी तालमेलको सहमतिमा भने तल्ला तहमाहरुमा असन्तुष्टि बढीसकेका छन । यी सत्तारूढ दलका पार्टीले गरेका तालमेलको निर्णयका विषयमा जिल्लामा रहेको संयन्त्रले भने फरक मत राख्दै छन् ।

काँग्रेसका चितवन र काँग्रेसका पर्साले केन्द्रीय तहबाट नै भएका गठबन्धनको निर्णय नमान्ने भन्दै । उनिहरु विद्रोह गर्ने चेतावनी समेत दिइसकेका छन् । भरतपुरको महानगरपालिकामा काँग्रेसका वडा अध्यक्षहरूले यसपटक कुनै पनि हालतमा हामिहरु तालमेलको निर्णय नमान्ने भन्दै विज्ञप्ति पनि जारी गरिका छन् ।