एजेन्सी, बैशाख २

आज (शुक्रबार) हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै कोलकाता पाँेवाइन्ट टेबलमा शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।

लिगमा भएको ५ खेलमा कोलकाताले ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छन । शीर्ष स्थानमारहेको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छन । यता हैदरावाद भने तेस्रो जितको खोजीमा हुनेछ ।

लिगमा भएको ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।

हैदरावादले आजको खेलमा सहज जित निकाल्ने र अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेका छन । यो सिजनको हैदरावाद र कोलकाताकोे पहिलो प्रतिस्पर्धा हुनेछ ।