जनकपुर, वैशाख २
मधेश प्रदेशमा अत्याधुनिक क्यान्सर अस्पतालको शिलान्यास गरिएको छ ।
शुक्रबार एक भव्य कार्यक्रम वीच विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।
विगत ४ बर्ष देखि २५ वेडको क्यान्सर होस्पिटल सञ्चालन गर्दै आई रहेका अमेरिका स्थित रहेका विनयतारा क्यान्सर ट्रष्टले विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको छ ।
क्यान्सरका अस्पतालहरु मत्रै काठमाण्डु र भरतपुरमा रहेको भन्दै ट्रष्टका प्रमुख विनयकुमार साहले मधेश प्रदेशमा पनि अस्पताल हुनुपर्ने भन्दै विगत ४ बर्ष पहिला २५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका थिए ।
तर विरामीहरुको चाँप दिनप्रतिदिन बढ्दै गएको र प्रत्येक एक सय व्यक्तिमा एक जनालाई क्यान्सर रोग रहने गरेको तथ्यांकलाई मध्यनजर गर्दै उनले अस्पताल सञ्चालनमा ल्याएको बताए ।
फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने जानकारी दिए ।
अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले दस कठ्ठा जग्गा दानसमेत गरेका छन् । सो अस्पतालको कुल क्षेत्रफल ४ विघामा बन्न लागेको हो । यस अस्पतालको प्रथम चरणमा १०० शैय्याका लागि १ अर्ब २५ करोडरुपैयाँ लागत लाग्ने अनुमान रहेको छ ।
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ । डा.शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालका रुपमा स्थापित हुने दाबी गरे ।
विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रुपमा स्थापना भएको हो । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ ।
बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालका रुपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजनालाई पनि अघि बढाउँदै लैजाने बताए ।