सप्तरी, वैशाख २

सप्तरीमा आगलगीमा परि एक बालकको मृत्यु भएको छ ।

शुक्रबार सप्तरीको बोदेबरसाई नगरपालिका वडा नम्बर १० स्थित अमरैया टोलमा आगलागी हुँदा शत्रुधन यादवका ५ वर्षीय छोरा सैलेश यादवको मृत्यु भएको हो ।

शत्रुधन यादव, मिन्टु यादव र ओम यादव तीनैजना दाजुभाईको संगोलमा रहेको कच्ची घरमा आगलागी हुँदा ५ वर्षिय बालक सैलेशको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

तीनै जना भाईको संगोलमा रहेको घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।

सो आगलागीमा परि रघुनन्दन यादवको घरमा आगो लाग्दा घरसहित रहेका सम्पूर्ण सामग्री समेत जलेर नष्ट भएको उनले बताए ।

रघुनन्दनको आगलागीमा ४ लाख रुपैयाँ बराबरको क्षती भएको उनले बताए । उनले जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा आगलागी हुँदा २० हजारको क्षती भएकोे बताए ।

No description available.

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोग रहेको थियो ।

आगलागी बारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।