काठकाण्डौ, बैशाख ३

अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई चलचित्र विकास बोर्डल कारबाहीका मागँ गरेका छन । बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै । शुक्रबार बोर्डले तीन वडा हलहरुलाई कारबाहीका लागि सिफारिस गरेका छन ।

बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई पनि कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेका छन ।
’बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ’बोर्ड र प्रशासनबाट स्वीकृति नलिई कनती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका छन ।’

बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म ’केजिएफ च्याप्टर–२’ फिल्म चलाएका थिए । तीनवटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएको र अनुमति बिना राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेकको थियो ।