एजेन्सी, बैशाख ३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा हैदरावादले तेस्रो जित हातपारेका छन । शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको छ । मुम्बईमा भएको खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेका थिए ।

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारीका थिए । त्यस्तै एडेन मार्करमले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

३६ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । हैदरावादका लागि कप्तान केन विलियमसनले १७ रनको योगदान दिए । बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसलले दुई विकेट लिए । र पैट कमिन्सले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि नितेश रानाले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आन्द्र रशलले नट आउट ४९ रन बनाउँदा कप्तान श्रेयस अ‍ैयरले २८ रनको योगदान गरका थिए ।

बलिङतर्फ हैदरावादका लागि थनगार्सु नटराजनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै उमरान मलिकले दुई विकेट लिँदा भुवनेश्वर कुमार, मार्काे जेसन र जगदिस सुचितले एक–एक विकेट लिएका थिए ।
यो जितसँगै हैदरावाद ५ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ । पराजित भएको कोलकाता ६ खेलबाट ६ अंक सहित तालिकाको चौथो स्थानमा रहेको छ ।