
काठमाण्डौ, बैशाख ३
पाल्पाको रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ ।
शुक्रबार साँझभएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको छ । जिसी बस धनी र चालक समेत रहेको प्रहरीले जनाएको छन । घटनामा ४ जना बालकहरू गम्भीर रुपमा घाइते भएको छ् ।
सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक खण्ड देखि करिब चार सय मिटर तल खसेका थिए ।
पाल्पाका जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत डिएसी वीरेन्द्र थापाको जानकारीका अनुसार गम्भीर घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेका छन । र एक जनाको अवस्था गम्भीर भएकोले भैरहवा रिफर गरिएको प्रहरीले जानकारी दिएका छन ।