सप्तरी, बैशाख ३
शुक्रबार सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा भएको आगलागी एक बालकको मृत्यु भएको छ ।
स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवको आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको छ ।
बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि । बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीहरुले बताएका हुन ।
आगलागी नियन्त्रणमा ढिलाइ भएको कारणले घरभित्र रहेका बालकको ज्यान गएको थियो । दिउँसो करिब ३ बजे आगलागी भएको हुँदा क्षतिको विवरण आउन अहिले बाकी नै रहेको र अनुमानित लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।
आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाइ छ।