बारा, बैशाख ३

सशस्त्र प्रहरीको गस्ती टोलीले बारा जिल्लाबाट चाँदीका गरगहना र मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छन ।

स्थानीय पचरौता नगरपालिका–६ पकडियास्थित भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेकको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला झांझरा पंचायत ३ बडहर्वाका २८ का वर्षीय शैलेस साह हुन् ।

उनको साथबाट एक किलो दुई सय ग्राम चाँदीका गहना र बीआर ०५ एबी ११६६ नम्बरको मोटरसाइकल बरामद भएको सशस्त्र प्रहरी तथा छिनमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले जानकारी दिएका छन् ।