एजेन्सी, बैशाख ३

आज शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट दुई खेल हुनेछन् । आजकोे पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा र्गेनेछन ।
मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयका अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा परेका छन ।

आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल जाने सम्भावना कमजोर हुनेछ ।
आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्ने छन । दुई टोलीबीचको खेल नेपाली समयका अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।
आजको खेलमा दिल्ली तेस्रो जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछ । लिगमा ४ खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । भने यता लिगमा ५ खेल खेलेको बैंगलोर ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।