जनकपुर, वैशाख ३
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना रहेकाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका हुन् ।
निर्वाचन आयोगको आयोजनामा भएको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने दावी गरे ।
उनले भने-क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाइ तल माथी गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।ु
उनले यसै वर्ष भित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपती, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको बताए । उनले यो पुरै वर्ष मुलुककालागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागि आग्रह गरे ।
ब्ततबअजmभलतक बचभब