विराटनगर, बैशाख ३

विराटनगर महानगरपालिका समितिले नेपाली कांग्रेसबाट मेयरका लागि सात जनाका नाम सिफारिस गरेको छन ।

शनिबार बसेको समितिको बैठकमा मेयरका लागि नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेको नगरका सभापति दीपक चापागाईंले जानकारी दिएका छन ।

कोइराला, चापागाईं र कार्की शेखर कोइराला पक्षका हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन समूहका हुन् ।

उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको नगर सभापति चापागाईंले जनाएका छन ।

काङ्ग्रेसले विराटनगरमा गठबन्धन गर्न चाहेको छैनन । सिफारिसमा परेका उम्मेदवारको राजनीतिक पृष्ठभूमि र जित्न सक्ने आधारसहित पार्टीको केन्द्रीय समितिमा नाम सिफारिस गरेको सभापति चापागाईंले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

मेयरमा २३ हजार ३१ मत ल्याउँदै कांग्रेसका पराजुली निर्वाचित भएका हुँदा । उनका प्रतिस्पर्धी एमाले–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१, माओवादी र संघीय समाजवादीका तर्फका मेयरका उम्मेदवार समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याएका हुन ।