जनकपुर, वैशाख ३

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा नेपाली काँग्रेसले गठबन्धन गर्न अनिच्छुक दखाउँदै उम्मेदवारी घोषणा गरेका छन् ।

गठबन्धन नगर्ने भन्दै काँग्रेसले पालिकाको अध्यक्षमा दावी गरेको एक दिन नवित्दै माओवादीले पनि आफ्नो दावी रहेको भन्दै उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि एकल उम्मेदवारको नाम जिल्ला पार्टीलाई सिफारिस गरेको छ ।

माओवादीको मुखियापट्टी मुसहरनीया गाउँपालिका कार्य समितिले मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारको रुपमा अघि सार्दै धर्मेन्द्र यादवको एकल नाम सिफारिस गरेको हो ।

शनिबार माओवादीको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैठकबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट यादवलाई गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवार बनाउने सर्वसम्मतरुपमा निर्णय गरेको जनाएको छ ।

पालिका कमिटीको बैठकले यादवलाई अध्यक्षको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रको मुखियापट्टी मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष महेश यादवले जानकारी दिए ।