जनकपुर, वैशाख ३

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको नगराईन नगरपालिकाको मेयर पदका लागि काँग्रेसका पाका नेता देवचन्द्र झा (सोभित) ले दावी गरेका छन् ।

उनी नेपाली काँग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दावी गर्दै घोषणा गरेका हुन् ।

उनले भने, ‘यसपटकको स्थानीय तहको निर्वाचनमा मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ । यसमा सबैले मलाई सघाउनेछन् ।’

उनले निर्वाचनका लागि आन्तरिक तयारीसमेत थालेका छन् । उनले काँग्रेसका पूर्वउपसभापति समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मधेश प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री रामसरोज यादव पक्षधर उम्मेदवारका आकांक्षी रहेका देवचन्द्रले भने, ‘सबैको साथ र सहयोगका रहेकाले मैले मेयर पदमा चुनाव लड्ने तयारी थालेको छु ।’

६ दसक देखि काँग्रेसबाट राजनीतिक गरेका नेता देवचन्द्र झाले स्थायी शिक्षकको जागिर, छाडेर लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए । सो क्रममा उनी कैयन पटक जेलनेल समेत भोगे ।

उनले न त कहिल्यै पार्टीमा र काँग्रेस सरकार छदाँ राजनीतिक नियूक्तीकै लागि लविंग गरे ।

उनले पहिलो पटक वृद्धावस्थाका भएपनि यूवावस्था झै जाँगर रहेका नेता देवचन्द्रले नगराइन नगरपालिकालाई नयाँ समृद्ध नगर बनाउने सपना रहेको सुनाए ।

उनले भने, ‘म नगराईन नगरपालिकाको विकास, समृद्धि र जनसेवामा समर्पित रहेर सेवाभावले पालिकाका लागि कार्य गर्ने छु ।

शिक्षा, स्वास्थ्य र समाजमा यूवालाई केन्द्रित गरेर रोजगार देखि यूवालाई व्यस्त खालका विभिन्न रोजगारीको सृजना गर्ने लक्ष्य रहेको दावी उनले दावी गरे ।