वीरगञ्ज, वैशाख ३
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने मिति तय छ । निर्वाचनको मिति घोषणासंगै सत्तारुढ दलहरु गठबन्धन बनाएर सहभागी हुने आन्तरिक तयारीमा जुटेका छन् ।
सोही क्रममा पर्सामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेका छन् ।
शनिबार काँग्रेस र जसपा नेपालका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ ।
काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष राम नरेश यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपसमा प्रतिस्पर्धाको निर्णय भएको जानकारी दिए ।
जारी गरिएको विज्ञप्तिमा ‘स्थानीय नेता र कार्यकर्ताहरुको मनोभावनाको कदर गर्दै हामी दुवै दल छुट्टाछुट्टै १४ वटै स्थानीय तहमा मित्रवत प्रतिश्पर्धा गर्न सहमत भएका छौं’ उल्लेख छ ।

No description available.