मधेश प्रदेश, बैशाख ४

हावाहुरीले आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागीका घटमा भएका छन ।

प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।

यस्तै रौतहट र पर्सामा पनि आगलागीमा परेर पाँच जना घाइते भएका छन । ती आगलागीका घटनाहरु बाट झण्डै रु दुई करोडको क्षति भएको जनाएको छ ।