एजेन्सी,बैशाख ४
शनिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं हार व्यहोर्यका छन ।
मुम्बई लाई लखनउ सुपर जाइन्ट्ले १८ रनले पराजित गरेका छन ।
मुम्बई लाइ लखनउले जितका लागि दिएको २०० रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८१ रन बनाएका थिए ।
मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै डेवाल्ड ब्रेभिसले ३१ रन बनाउँदा तिलक बर्माले २६ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि आभेस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जेसन होल्डर, दुश्मन्थ चमिरा, रवी विश्नोइ र मार्कुस स्टोइनिसले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले कप्तान केएल राहुलको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनायो । लखनउका लागि ६० बल खेलेरका केएलले ९ चौका र ५ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै मनिश पाण्डेले ३८ रन र क्विन्टन डीकोकले २४ रन जोडेका थिए । बलिङतर्फ मुम्बईका लागि जयदेव उन्डाकटले दुई विकेट लिए । त्यस्तै मुर्गान अश्विन र फावियन एलेनले समान एक–एक विकेट लिएका थिए ।
यो जितसँगै लखनउले अहिले सम्म भएको ६ खेलमा ८ अंक जोडेको छन । लखनउ तालिकाको दोस्रो स्थानमा छन । पराजित भएका मुम्बई ६ खेल जित विहिन हुँदै पुछारमा रहेको छ ।