काठमाण्डौ, बैशाख ४

देशभरमा भइरहेको स्थानीय तहको चुनामा गठबन्धनलाई तालमेल र सैद्धान्तिक सहमति स्थानीय तहमा सहमति जुटाउन कठिन भएको देखिन्छ ।

केन्द्रको निर्देशनको कार्यान्वयनमा चुनौती देखा परिरहेको बेला काठमाडौँ जिल्लामा पनि सत्ता गठबन्धनबीच आ–आफ्नो अडानले विवाद भएको देखा परेको छ । काठमाडौँको स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक निष्कर्ष बिना टुङ्गिएका छन ।

नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति भने जुट्न नसकेको बताए हुन ।

केन्द्रले तय गरेको सात बुँदे आधारका अनुसार एकीकृत समाजवादी पाटिले काठमाडौँको कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेका छन ।