एजेन्सी, बैशाख ५

आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा हैदरावादले पन्जावलाई ७ विकेटले हराउँदै । हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएका छन ।

नावी मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेका थिए । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन र अविशेक शर्माले ३१ रनको योगदान गरका थियोे ।

बलिङतर्फ हैदरावादका लागि राहुल चहारले सर्वाधिक दुई विकेट लिए । त्यस्तै कगिसो रवाडाले एक विकेट हात पारे । यसअघि लिमा लिविंङ्टोनको अर्धशतकको सहयोगमा पन्जाबले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

३३ बल खेलेका लिविंङ्टोनले ५ चौका र ४ छक्को सहयोगमा ६० रनको योगदान गरे । त्यस्तै रारुख खानले २६ रन बनाए । बलिङतर्फ हैदरावादका लागि ऊमान मलिकले सर्वाधिक चार विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले तीन विकेट लिँदा थनगार्सु नटराजन र जगादेश सुचितले एक–एक विकेट लिए ।

यो जितसँगै हैदरावादले ६ खेलबाट ८ अंक जोडेको छ । हैदरावादले आफूलाई चौथो स्थानमा उकासेको छ । पराजित पन्जाब ६ खेलबाट ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छन ।