
एजेन्सी, बैशाख ५
इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटमा गुजरात टाइटन्सले जित हात पारेको छ ।
आईतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरातले पाँचौ जित निकालेको छ ।
आइतबार राति भएको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
गुजरातका डेभिड मिल्लरले सर्वाधिक ९४ रन बनाएका थिए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो ।
चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । अम्बाती रायडुले ४६ रनको योगदान गरे । जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ भने पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा पुगेको छ ।