
काठमाण्डौं, बेशाख ५
सोमबार आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलका बारेमा पत्रकार सम्मेलन गर्दै छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलहरुमा तालमेल र उम्मेदवारी चयनबारेमा छलफल लगायतका अन्य विषयमा जानकारी गराउने बारेका सम्मेलन गरिरहेका छन ।
पत्रकार सम्मेलन गर्नु अघि नै पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्नेछन ।