कपिलवस्तु, बैशाख ५
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी भएको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया बृजमती कुमीको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर रुपमा घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाईएका छन ।
आईतबार बेलुका पौने ८ बजे पैदल हिँडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएका थिए ।
मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएका छन ।