
एजेन्सी, बैशाख ५
आज सोमबार हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स र कोलकाता नाइड राइडर्सले प्रतिस्पर्धा गर्नेछन ।
मुम्बईमा हुने राजस्थान र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ सुरु हुनेछ ।
आज हुने खेलमा जित निकाल्दै राजस्थान तालिका को दोस्रो स्थानमा उक्लने योजनामा रहने छ ।
लिगमा भएको ५ खेल खेलेको राजस्थान ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छन। ।
राजस्थानले आजको खेलमा जित निकाल्न सकेमा तालिकाको दोस्रो स्थानमा उक्लने छ ।
यता कोलकाता पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ ।
लिगमा भएको ६ खेल खेलेको कोलकाताले ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।