वालिङ, बैशाख ५
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी गम्भीर रुपमा घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भए ।
यो सँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिएका हुन ।।
दुर्घटनामा परी मृत्यु हुने सबै एकै गाउँका रहेका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेका छन ।
अन्य घाइते पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेका छन
वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थिए ।
जीप कच्ची सडकबाट झन्डै दुई सय मिटर जति तल खसेको प्रहरी जनाएका थिए ।