जनकपुर, बैशाख ५
केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकलाई थाती राख्दै पाँच दलका आठ वटै जिल्लाका अध्यक्षहरुसँग छलफल गरि निष्कर्षमा पुग्ने भएको छ । जिल्ला अध्यक्षहरुसँगको बैठक पछि गठबन्धनले मोडालिटीसहित निष्कर्ष निकाल्ने गठबन्धनका नेताहरु बताउँछन् ।
आइतबार देखि सुरु भएर स्थगित भएको गठबन्धनको बैठकबाट पाँच वटै दलका अध्यक्षहरुसँग जिल्लागत पालिकाको वस्तुअवस्था र विपक्षी दलको वस्तुअवस्था बुझ्नका लागि नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालयमा बैठकबाट टुंगो लगाएर अघि बढ्ने योजना रहेको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले जानकारी दिए ।
उनले बैठकबाट सबै जिल्लाको अध्यक्षहरुसँग दुई चरण गरि बस्ने कार्ययोजना अनुसार नै बसेर मंगलबार विहानसम्ममा पुनः गठबन्धनको बैठकबाट परिणाम निस्कने गरि कार्य भईरहेको बताए ।
स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने बिषयमा जनकपुर स्थित जसपा नेपालको कार्यालयमा बैठक सोमबार विहान ११ बजे देखि बसेको थियो ।
गठबन्धन आवद्ध घटक दलका अध्यक्ष र नेताहरुको उपस्थितिमा तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्लाअध्यक्षहरु पालिकास्तरीय रिपोर्टिंगसहित समिक्षा गर्ने गरि दुई वा तीन चरण गरि जिल्लाअध्यक्षहरुसँगको बैठकबाट सबैलाई समेटेर अघि बढ्न आवश्यक रहेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए ।
उनका अुनसार आईतबार देखि भईरहेको बैठकमा प्रदेशका अध्यक्ष तथा नेताहरुले जिल्लागतरुपमा सबै दलले आ आफ्नो पार्टीको पालिकामा रहेको वस्तुगत अवस्थासहितको दावी प्रस्तुत गरिएको थियो ।
जिल्लगतरुपमा पालिकाको रिपोर्टिंगपछि सोमबार बसेको बैठकबाट पालिकाको सिट बाँडफाँटका लागि मोडालिटी तयार पार्नका लागि छलफल भएपनि सो भन्दा नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादवले दुई चरणको बैठकपछि अब काँग्रेस पार्टी कार्यालयमा आन्तरिक तथा जिल्लाअध्यक्षहरुसँग बैठक बसिरहेको बताए ।
जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले गठबन्धन संविधान र मुलुकको रक्षाको लागि आवश्यक भएको भन्दै उनले प्रतिगामी शक्ति विरुद्ध हामी एकढिक्का रहेको स्पष्ट पारे । उनले एमाले र लोसपा एक ग्रुप रहेकाले उनीहरु प्नि एक हुने हल्ला चलेकाले यसले अग्रगामी शक्तिलाई मजबुत नै टिप्पणी परे ।
जिल्लाअध्यक्षहरुसँगको बैठकबाट आएको विषयवस्तुमाथि पुनः छलफल गरि परिणाम देखिने गरि गठबन्धनले आगामी कार्ययोजना बनाउन सहज हुने गठबन्धनका नेताहरुको बुझाई छ ।
यस बैठकमा काँग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पुर्वाधार बिकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितीका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता रहेको छ ।