जनकपुर, बैशाख ५

आसन्न स्थानियतहको निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने महासचिव चन्दन सिंहले बताएका छन् ।

सोमबार संचारकर्मीसँग कुराकानी गर्दै जनमतले अधिकांश पालिकामा उम्मेदवार खडा गर्ने भएकाले सोको गृहकार्य अन्तिम चरणमा रहेको जनाउँदै कसैसँग पनि गठबन्धन गनेृ सवाल नरहेको उनले बताएका हुन् ।

जनमत पार्टीको सचिवालयको कार्यालयमा मुलुकभरकै करिब ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो । विभिन्न पालिकामा एक भन्दा बढि आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साह साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष सहित सदस्यहरुको नाम टुंगो लागेको जनमत पार्टीका केन्द्रिय महासचिव सिंहले बताए ।

मधेश प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको सर्वसम्मतरुपमै टुंगो लागेको समेत उनले बताए ।

उनले मधेश प्रदेश, प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही पालिकामा समेत जनमत पार्टीको तर्फबाट उम्मेदवार उठाउने भने ।

 

मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाका लागि जानकी केवलका अध्यक्ष वैद्यनाथ साहले लविंग गरिरहेका जनाउँदै उनले भने, ‘महानगर, उपमहानगरहरुमा दरो उम्मेदवार दिइने छौँ ।’

उनले पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको समेत बताए ।

आज रातिसम्म भएपनि उम्मेदवारको नामावली सार्वजनिक गर्ने महासचिव सिंहले बताए ।No description available.