
बझाङ, बैशाख ६
मंगलबार बिहान स्थानीयहरुको समयका अनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।
यसअघि पनि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।