एजेन्सी, बैशाख ६
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसको सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् ।
रुसका सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले जानकारी दिएका छन् । पूर्वी युक्रेन दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेका छन ।
दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरुवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका हुन ।
युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणको युद्ध सुरु भएको बताएका हुन ।
पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध सुरुवात भएको बताएका हुन् ।
यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेक छन ।
‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भनेका हुन ।
युक्रेनका सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए हुन । रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी सुरु गरेका छन ।
सोमबार भएका ती हमलाहरूमा कम्तीमा ९ जना मानिस मारिएका छन् भने । कही मानिसहरु घाइत भएका छन् ।